चट्याङको झिल्कोले गाउँ नै सखाप

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते ६:२० मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ ।

हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् । स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो ।
मध्याह्न सबा १२ बजेतिर आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी चौकी खडैँचाबाट प्रहरी सहायक निरीक्षक कवीन्द्र कठायतको नेतृत्वमा पाँचजनाको टोली खटिएको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us