काठमाण्डु, ५ वैशाख – व्यवस्थापिका संसदको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ताको खोजबिन सम्बन्धी आयोगको विधेयक संसदमा पेश भएको छ ।
संसद भवन नयाँबानेश्वरमा आज बसेको बैठकमा कानुनमन्त्री नरहरि आर्चायले सो बिधेयक पेश गरेका हुन् । यस अघि एकीकृत नेकपा माओवादीले फुजेल घटनामा आफना कार्यकर्ता पक्राउ गरेको भन्दै संसद बैठक चल्न दिएको थिएन ।
संसद बैठक बस्नु अघि सिहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरुवीच बैठक बसेको थियो । बैठकमा द्वन्द्वकालीन मुद्दाहरु आयोगले हेर्ने गरी विधेयक संसोधन गर्ने सहमति भएको एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जानकारी दिए ।