
बनेपा, ५ वैशाख । काभ्रेको नाशिकास्थान गाविस–३ मा करिब ४५ वर्षीय एक व्यक्तिको शव फेला परेको छ । भगवती पाटीको मन्दिरमा फेला परेको शव पहिचानका लागि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
स्थानीयवासीले आज सो स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।