देशभरका पेट्रोलपम्प बन्दको घोषणा

काठमाण्डु टुडे २०७१ वैशाख ५ गते ५:०१ मा प्रकाशित

Oil-risingकाठमाण्डु, ५ वैशाख – आयल स्टोरमा काम गर्ने मजदुरको हत्याको बिरोधमा आजदेखि देशभरका पेट्रोलपम्प बन्द हुने भएको छ ।

बंगलामुखी आयल स्टोर सानो भ-याङ बालाजुमा कार्यरत नवराज न्यौपानेको माइक्रोको ठक्करले ज्यान गएपछि आन्दोलित मजदुरले पेट्रोलपम्प बन्दको घोषणा गरेका हुन् ।

वैशाख १ गते साँझ काठमाण्डु– गोरखा चल्ने बा.१.ज ९५९८ नम्बरको माइक्रोले नुवाकोट लहरेपौवा घर भएका न्यौपानेलाई ठक्कर दिएको थियो ।

क्षतिपूर्ति र कारवाहीको माग गर्दै सडक आन्दोलन गरेका पेट्रोलपम्पमा कार्यरत मजदुरमाथि प्रहरीले धरपकड गरेपछि उनीहरुले यस्तो आन्दोलनको घोषणा गरेका हुन् ।

माग पुरा नभएसम्म निगमका कुनै पनि डिपो नखोल्ने नवराज भट्टले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us