शिक्षा विभागमा शिक्षकको अनशन

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ९:३५ मा प्रकाशित

काठमाडौँ, ४ वैशाख । नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सानोठिमीस्थित शिक्षा विभागको कार्यालयमा रिले अनशन सुरु गरेको छ ।

शिक्षक आयोगको अन्तर्वार्तामा अनुभवबापतको अङ्क प्रदान गर्नुपर्ने, राहत शिक्षकलाई दुर्गमभत्ता तथा एक हजार विशेष महँगी भत्ता दिनुुपर्ने, राहत दरबन्दीमा कार्यरत शिक्षकलाई साधारण दरबन्दीमा रूपान्तरण गर्नुपर्नेलगायतका माग राखी बुधबारदेखि अनशन सुरु गरिएको हो ।

अनशनमा समितिका केन्द्रीय सदस्य जितबहादुर राना, उपाध्यक्ष राम पौडेल, मध्यमाञ्चल अध्यक्ष रामकृपाल यादव, सोलुखुम्बु जिल्ला अध्यक्ष खगेन्द्रराज बास्तोला, बाजुरा जिल्ला अध्यक्ष खडगराज जोशी, केन्द्रीय प्रतिनिधि राजाराम ढकाल, उदयपुर जिल्ला सचिव केशवप्रसाद पोख्रेल, अछाम जिल्ला सदस्य झङ्कारबहादुर बुढा र रामेछाप जिल्ला सदस्य सन्ध्या पौडेल बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us