खेलकुदमा ३ अर्ब ९९ करोड बजेट

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला बनाउने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आगामी बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले स्थानीय तहमा खेलग्राम निर्माण गर्ने योजना अगाडि सारेको बताए । त्यस्तै, मुलपानीमा निर्माणाधीन रंगशाला बनाउन १० करोड विनियोजना गरिएको छ ।

क्रिकेट खेलका लागि क्रिकेट एकाडेमी स्थापना गरिनेछ । सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजना गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us