
काठमाण्डु, १५ जेठ – आज काठमाण्डुमा ठूलो पानी परेको छ । बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो । पानीसँगै केहीबेर असिना पनि परेको छ ।
मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ । पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको उनले जानकारी दिए।