
काठमाण्डु, ४ बैशाख – अन्तर्राष्ट्रिय मानव अधिकार समूहले सत्यनिरुपण तथा मेलमिल्माप आयोगको विधेयकबाट आममाफीको प्रावधान हटाउन माग गरेका छन ।
आज एक बिज्ञप्ति जारी गर्दे एम्नेष्टी ईन्टरनेशनल, ह्युमन राईट्स वाच र ईन्टरनेशनल कमिसन अफ जुरिस्टले यस्तो माग गरेका हुन् ।
माओवादी द्धन्द्धकालमा भएका मानव अधिकार उल्लघनमा सम्लग्न भएकाहरुले उन्मुक्ति पाउन सक्ने भन्दै उनीहरुले आममाफीको प्रावधान हटाउन माग गरेका हुन् । उनीहरुले जारी गरेको बिज्ञप्तीमा आयोगको विधेयकमा राखिएको आममाफीको प्रावधान अन्तर्राष्ट्रिय कानुन विपरीत हुने दाबी गरिएको छ ।