कोदालोको पासोले हानेर वृद्धको हत्या

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ५:४५ मा प्रकाशित

प्यूठान, ४ वैशाख – आर्थिक लेनदेनमा भएको विवादका कारण प्यूठानमा एक वृद्धको हत्या भएको छ ।
उदयपुरकोट गाविस–७ डाँडाकटेरीका ७४ वर्षीय शशीराम विकको स्थानीय १७ वर्षीय जितबहादुर सुनारले बुधबार कोदालोले हानेर हत्या गरेका हुन् ।
हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

जितबहादुर र हत्यामा संलग्न अर्का एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी प्रमुख नायव उपरीक्षक दीपक रेग्मीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us