सुन तस्करीमा एयर होस्टेज प्रयोग हुने गरेको खुलासा

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते ५:२२ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– सुन तस्करहरुले तस्करीमा एयर होस्टेजहरुको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
goldदुवाइबाट आएको एयर अरेयिबाको जहाजमा कार्यरत नेपाली एयर होस्टेज ठूलो परिमाणमा सुनसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।
पक्राउ पर्नेमा एयर होस्टजे शुभेच्छा रेग्मी रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट झण्डै १९ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ । विमानस्थलमा नियमित चेक जाँचका क्रममा प्रहरीले राति साढे ११ बजेको समयमा उनलाई सुनको बालासहित पक्रेको हो ।
युवती प्रहरी हिरासतमा छिन् भने नियन्त्रणमा लिएको छ भने सुन भन्सारमा बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us