द्वन्द्वकालीन मुद्धामा पूरानै कानुन लगाइए युद्ध: महरा

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १३:४० मा प्रकाशित

भोजपुर, ३ वैशाख– एकीकृत माओवादी नेता कृष्णबहादुर महराले सरकारले द्वन्द्वकालीन घटनामा पूरानै कानुनअन्तर्गत कारबाही गर्ने क्रम नरोके मुलुक पुन: krishna_bahadur_maharaयुद्धमा जान सक्ने चेतावनी दिएका छन् ।
एकीकृत माओवादी भोजपुरको दोश्रो जिल्ला सम्मेलनको बुधबार उदघाटन गर्दै उनले द्वन्द्वकालीन घटना ब्युँताउने काम भइरहे दुई माओवादी मिलेर आन्दोलन गर्ने बताए ।

उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावनाविपरीत सरकारले राजनीतिक प्रतिशोधबाट प्रेरित भएर व्यक्ति–व्यक्तिलाई मुद्धा लगाइरहेको बताए ।

गाउँलेबाट तिरस्कृत अधिकारी परिवारले फुजेल घटनाका नाममा गाउँलेलाई दु:ख दिएको भनाइ उनको थियो ।  उनले संविधानसभामा परिवर्तनविरोधी शक्ति हाबी भएका कारण एक वर्षभित्र मुलुकले नयाँ संविधान पाउनेमा आशंका व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us