मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा, विमल र भरत ‘आउट’

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, ६ जेठ — मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास परेनन् ।

नेपालले मलेसियाविरुद्ध जुन २ मा क्वालालाम्पुरमा र चाइनिज ताईपेईसँग जुन ६ मा दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले यी मैत्रीपूर्ण खेललाई विश्वकप छनोट २०२० को तयारीका रुपमा लिएको छ ।

टाेलीकेा नामः

गोलकिपरः किरण चेन्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डरः विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर–फरवार्डः सुनिल बल, रवि पासपान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविशेक रिजाल, अन्जन विष्ट ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us