विप्लवको पार्टीले भन्यो– भोलि नेपाल बन्द छैन, भ्रममा नपर्नु

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १८:३६ मा प्रकाशित

file photo

काठमाण्डु, ५ जेठ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार हुने भनिएको नेपाल बन्दको हल्ला निराधार रहेको बताएको छ ।

उसले आफ्नो पार्टीले बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट गरेको छ । विप्लव समूहको बन्दको हल्लाका कारण उपत्यकाका कतिपय निजी तथा सार्वजनिक विद्यालयले नोटिस टाँसेर विद्यालय नआउन विद्यार्थीलाई सूचीत गरेका छन् । ‘हाम्रो तर्फबाट बन्दको कुनै कार्यक्रम राखिएको छैन’, सो पार्टीका मध्यकमाण्ड सदस्य रजमान तामाङले काठमाण्डुटुडेसँग भने, ‘अनावश्यक हल्लाका पछाडि नलाग्न तपाईंको मिडिया (काठमाण्डुटुडे) मार्फत हामी आमजनतामा अपिल गर्दछौं ।’ तामाङले जनप्रतिरोधका अन्य कार्यक्रम जारी रहे पनि तत्काल बन्दको कुनै कार्यक्रम नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us