
काठमाण्डु, ३ जेठ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाण्डुको गौशाला प्रहरी बृतमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार मध्यान्ह त्यहाँ पुगेर खनालले बृतबाट हुने कामकारबाहीबारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन् । कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए ।
खनालले बृतमा आएका सेवाग्राहीका समस्या पनि सुनेका थिए । एक सेवाग्राहीले सवारी साधनको नम्बर प्लेट नै नदेख्ने गरी चलाउँदा पनि प्रहरीले कारबाही नगरेको भन्दै गुनासो गरेका थिए ।
उनले ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तलाई फोन गरेर नम्बर प्लेट नदेखिने र छोपेर सवारी चलाउने चालकहरुलाई कारबाही गर्न निर्देशन दिएका छन् ।