ह्वी चेयर क्रिकेटमा नेपालको खराब प्रर्दशन

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १३:५१ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – ह्वील चेयर कप टी–२० क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ ।

चार टोली सम्मिलित प्रतियोगितामा नेपालले तीनै टिमसँग पराजय भोगेको छ । यसअघि भारत र बंगलादेशसँग पराजित भएको नेपाल आज भएको अन्तिम खेलमा पाकिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन पुग्यो ।

नेपाल पराजित हुँदा पाकिस्तान भने शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको छ । पाकिस्तानले भारतसँग पराजय भोगेको थियो भने बंगलादेशलाई हराएको थियो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै २६९ रनको भारी योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि मोहम्मद लतिफले १४६ रनको योगदान दिएका थिए । २७० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनमा समेटियो ।

जितसँगै पाकिस्तानले ४ अंक बनाएको छ भने शीर्ष स्थानमा रहेको भारतको ६ अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us