अख्तियारको सञ्चार विज्ञमा पत्रकार अधिकारी नियुक्त

काठमाण्डु टुडे २०७६ जेठ ३ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ३ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोको सञ्चार विज्ञमा लेखक तथा स्वतन्त्र पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ ।

जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्का साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ ।

अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । पछिल्लो समय उनी बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा कार्यरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us