आँखामा समेत हुन सक्छ क्यान्सर !

काठमाण्डु टुडे २०७६ जेठ ३ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, ३ जेठ– आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।

चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टो ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ । जुन वंशानुगत पनि हुन सक्छ । आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्षणहरू हुन् ।
उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।

नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us