एएफसी यू–१६ च्याम्पियनसिप छनोटः नेपाल कठिन समूहमा

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १५:०० मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा समूह ‘ए’ मा परेको छ ।

नेपाल रहेको समूहमा ताजिकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपालका लागि निकै कठिन रहेको छ ।

एएफसीका ४७ राष्ट्रहरू सहभागी गराएर प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ । छनोटको शीर्ष टिमले प्रतियोगितामा स्थान बनाउनेछ ।

चार उत्कृष्ट उपविजेताले समेत फाइनल चरणमा स्थान बनाउनेछन् । नेपालको समूहमा रहेका श्रीलंका बाहेक हरेक टिम नेपालभन्दा बलिया र फिफा वरीयतामा पनि उच्च स्थानमा छन् ।

यही प्रतियोगिताका लागि एन्फाले केही दिन अघि यू–१६ छनोट गरेको थियो । नामावली सार्वजनिक हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us