जेठ १ बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आउदो जेठ १ देखि २४ गतेसम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टोलीले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनलले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मलेन गर्दै जानकारी गराएका छन् ।

प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर खेलहरु खेलाइने छ । दुबै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका खेलहरु ५० ओभरको खेलाइन लागेको हो ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ । नेपालयसँगको सहकार्यमा सञ्चालन हुने प्रतियोगिताको लागत १ करोड ७५ लाख हुने छ । जसमा राखेपले ८० लाख र बाँकी रकम नेपालयले जुटाउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us