थाइल्यान्डका राजाले गरे हिन्दु र बौद्ध परम्पराबाट राज्याभिषेक

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १४:०५ मा प्रकाशित

एजेन्सी – थाइल्यान्डका राजा महा वाजिरालङकर्नले हिन्दु र बौद्ध परम्पराबाट राज्याभिषेक गरेका छन् ।

२०१६ मा राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि वाजिरालङकर्नले राजाका रुपमा कार्य गर्दै आएका थिए । तर बुवाको मृत्युका कारण राज्याभिषेक गर्न केही समय माग गरेकाले औपचारिक रुपमा उनले राजगद्दी सम्हालेका थिएनन् ।

शनिबारबाट सुरु भएको राज्याभिषेक कार्यक्रम तीन दिनसम्म चल्ने बताइएको छ । राज्याभिषेकसँगै उनी चक्री वंशका १० औं राजा बनेका छन् ।

बेलायत र अष्ट्रेलियामा अध्ययन गरेका वाजिरालङकर्नले क्यानबेरामा शाही सेना कलेजमा सैन्य प्रशिक्षण लिएका थिए । थाइ सेनामा उनले सिभिलियन र फाइटर पायलटका रुपमा काम गरेका थिए ।

केही दिन अघि मात्रै उनले आफ्नै अंगरक्षक सुथिदासँग बिवाह गरेर सुथिदालाई रानी बनाएका थिए ।

वाजिरालङकर्नलाई राज्यारोहणका क्रममा पाँचवटा शाही रेगालिय (राजतन्त्रको निशानी), विजयको प्रतिकका रुपमा रहेको शाही श्रीपेच, शाही जुत्ता, शाही पंखा,शाही तरवार र शाही राजदण्ड प्रदान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us