
काठमाण्डु, २० बैशाख – आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरियताको ११ औं स्थानमा रहेको छ । गत महिनासम्मको वरियतमा नेपाल १४ औं स्थानमा रहेको थियो ।
११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जीते पछि नेपालको टी–२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ ।
टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अस्ट्रेलिया क्रमश तेस्रो र चौथो स्थानमा छन् ।
पाँचौं स्थानमा रहेको भारतको २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र वेस्टइन्डिज आठौं र नवौं स्थानमा छन् ।