
काठमाण्डु, १९ वैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । आइसीसीले आज सार्वजनिक गरेको वरीयताअन्सार नेपाल यथावत रहेको हो ।
अघिल्लो महिना नेपालभन्दा अघि रहेको युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो ।
गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २–१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो ।
वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छ । युएई १५औँ र केही दिनअघि मात्र ओडिआई मान्यता पाएको पपुवा न्युगिनी १६औँ स्थानमा छ ।
नेपालको रेटिङ १९ छ । वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो स्थानमा छ ।