स्ट्राइकर सुरालको बस दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ११:१९ मा प्रकाशित

एजेन्सी – चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परि निधन भएको छ ।

२८ वर्षिय सुरेलको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । सो दुर्घटनामा टर्किश क्लब आएत्मिज एलानयस्पोरका अन्य ६ खेलाडी पनि घाइते बनेका थिए । उनीहरू म्याच सकेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

सुराल यसै जनवरीमा सो क्लबमा आएका थिए । सो क्लबका अध्यक्ष हसान काभुसोग्लुका अनुसार बस चालक निदाएपछि बस दुर्घटनामा परेको थियो । घाइते अन्य ६ को अवस्था सामान्य छ ।

उनले चेकका लागि २० अन्तराष्ट्रिय खेल खेलेका छन् । सुरालसहितका अन्य ६ खेलाडीले फर्किने क्रममा छुट्टै निजी मिनिबस भाडामा लिएका थिए ।

चेक गणतन्त्रको फुटबल संघले घटनामा दुःख व्यक्त गर्दै ‘सुराललाई सधैँ सम्झिने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us