
काठमाण्डु, १५ बैशाख – एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै नेपालले उपाधि जितेको छ । फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियामा मात्र ८१ रनमा ३४.५ ओभरमा अलआउट बन्यो ।नेपाललाई जीत दिलाउन विशाल कुमार पटेलले ४ तथा दिपक बोहराले ३ विकेट लिए । क्रिस कार्कीले १ विकेट लिए ।
मलेसियाका लागि मोहमद हजिक आइानले १८ तथा वान मुहमद अजामले १६ रनको योगदान दिए । यसअघि, नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनायो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन तथा ओपनर दिपक बोहराले २३ रन बनाए । विशाल विक्रमकेसीले १७ तथा निखिल कुमार सिंहले १३ रनको योगदान थिए ।