मुख्यसचिव पौडेलले बागमतिमा नुहाए

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ५:२८ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– सरकारका मुख्यसचिव लीलामणि पौडेलले बागमतिमा नुहाएका छन् ।
bagmati-safai1पौडेलले बागमति सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबार बिहान गुहेश्वरी घाटमा नुहाएका हुन् । पौडेलसँगै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, साहित्यकार एवम् एमाले नेता मोदनाथ प्रश्रित तथा वरिष्ठ पत्रकार भैरव रिसालसहित ठूलो संख्यामा सर्वसाधारणले समेत बागमतिमा स्नान गरेका थिए ।

केही दिनअघि गरिएको प्राविधिक परीक्षणका क्रममा गुहेश्वरीमा नुहाउने हुने देखाएको थियो । मुख्यसचिव पौडेलले पछिल्लो एक वर्षयता हरेक साताको शनिबार बागमति सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो समय पौडेलको अभियानमा राजनीतिककर्मीका साथै पेशाकर्मी, कलाकर्मी, सरकारी कर्मचारी, विद्यार्थी र सर्वसाधारणको उत्साहजनक सहभागिता बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us