ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

काठमाण्डु टुडे २०७१ वैशाख १ गते ४:३३ मा प्रकाशित

सुर्खेत, १ वैशाख– सुर्खेतमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कँुवरको अध्यक्षतामा बसेको जिल्ला संयुक्त बजार अनुगमन बैठकले ज्येष्ठ नागरिकको सिट सुरक्षित गरी ५० प्रतिशत छुट गराउने निर्णय गरेको हो ।

अनुगमन समितिले ऐननियम र कार्यविधिले दिएको सुविधा पाए/नपाएको विषयमा केही दिनमै सार्वजनिक यातायातका सवारी साधनमा अनुगमन गर्ने प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

अब सार्वजनिक यातायातमा अनिवार्य रुपमा दुईवटा सिट ज्येष्ठ नागरिक र दुईवटा सिट अपाङ्गता भएकालाई छुटयाउनुपर्ने व्यवस्था कडाइका साथ पालना गरिने उनले बताए ।

ज्येष्ठ नागरिक ऐन, २०६३ को आधारमा सार्वजनिक सवारी साधनमा छुट तथा सुविधा दिनेसम्बन्धी कार्यविधिले यस्तो प्रावधान अनिवार्य गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us