महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि निर्वाचन हुँदै

काठमाण्डु टुडे २०७१ वैशाख १ गते २:२९ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ ।
वरिष्ठ उपाध्यक्षमा भवानी राणा र पशुपति मुरारकाको उम्मेदवारी छ । राणा नवनिर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे र मुरारका अध्यक्षमा पराजित भाष्करराज राजकर्णिकार प्यानलका हुन् ।

यसअघि हिजो बसेको नवनिर्वाचित कार्यसमितिले आज वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चयनका लागि ६१ सदस्यीय कार्यसमितिका सदस्यले मतदान गर्नेछन् ।

यसैबीच नवनिर्वाचित अध्यक्ष पाण्डेले निवर्तमान अध्यक्ष सुरज वैद्यबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us