प्रेस युनियन अध्यक्ष पोखरेलद्वारा राजीनामा

काठमाण्डु टुडे २०७० चैत ३० गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ३० चैत– नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
kiran pokhrelयही चैत २६ गते हेटौंडामा सम्पन्न केन्द्रीय समितिको बैठकपछि नेपाल पत्रकार महासंघको अधिवेशन तयारीका लागि भन्दै सुदूरपश्चिमसम्मको भ्रमण गरी शनिबार मात्र काठमाण्डु आइपुगेका अध्यक्ष पोखरेलले अचानक राजीनामा दिएका हुन् ।

राजीनामापछि आकस्मिक रुपमा बसेको युनियनको बैठकले राजीनामा सम्बन्धमा पुन:विचार गर्न आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । पोखरेलले ‘खराब प्रवृत्तिविरुद्ध आफ्नो राजीनामा आएको भन्दै कुनै हालतमा फिर्ता नहुने बताए ।

पोखरेलले आगामी २१ र २२ वैशाखमा हुने महासंघको अधिवेशनमा अध्यक्षमा युनियनका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us