
काठमाण्डु, ८ बैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रीलंकामा शृंखलाबद्ध रुपमा भएको विस्फोटको घटनाले आफू स्तब्ध भएको बताएका छन् । उनले केही बेरअघि सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै पीडितका परिवारलाई समवेदना समेत व्यक्त गरेका छन् ।
उनले श्रीलंका सरकार र श्रीलंकाली जनताप्रति आफ्नो गहिरो सहानुभूति समेत प्रकट गरेका छन् । उनले नेपालले जुनसुकै रुपमा भएपनि आतंकवादको निन्दा गर्ने समेत जनाएका छन् ।