
धादिङ, ८ वैशाख – काठमाण्डुबाट मनकामना जाँदै गरेकोबस धादिङमा दुर्घटनामा परेको छ । बा ४ ख १४१५ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना परेको हो ।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको, एकजना च्यापिएको अवस्थामा रहेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरीले कार्यालय गजुरीले जनााएको छ । १० जना भन्दा बढी घाइते भएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।