
धनकुटा, ४ बैशाख – धनकुटाको साँगुरीगढी गाउँपालिका–५ निगालेमा मंगलबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मोबाइल चार्जमा राखेर सुतिरहेको अवस्थामा वर्षासँगै खसेको चट्याङ लागेर ३४ वर्षीय लालमान तामाङले गम्भीर घाइते भएका थिए ।
चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।