पूर्वराजा ज्ञानेन्द्रको गाडीले मोटरसाइकलाई ठक्करः प्रकाश चौधरीको ज्यान गयो

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १६:३८ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहको कारको ठक्करले घाइते भएका सुनसरी इटहरीका प्रकाश चौधरीको मृत्यु भएको छ ।

इटहरी– ९ का स्थायी बासिन्दा चौधरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । घटनामा उनका साथी इटहरी–९ कै २२ वर्षीय हेम चौधरीको गत बुधबारै निधन भएको थियो । पूर्वराजा शाहलाई विराटनगर विमानस्थल छाडेर झापा फर्कंदै गरेको बा३च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा चौधरीद्वय सवार को१५प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । \

मृतक हेम चौधरीका परिवारले पूर्वराजा शाहबाट क्षतिपूर्ति भराउन सरकारसँग आग्रह गरिरहेका बेला घाइते अर्का युवकको समेत ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us