आईसीसी यू–१९ विश्वकपः सिंगापुरमाथि नेपालको सानदार जित

काठमाण्डु टुडे २०७५ चैत २९ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, २९ चैत – नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।

नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको थियो । सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । १ सय ५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

रासिद खानले ४८ रन, ओपनर पवन सर्राफले ४७ रन, सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसबाहेक नेपालका लागि कमलसिंह ऐरीले ३१, भीम सार्कीले २६ र कुशल मल्लले १० रन, रित गौतम १, आसिफ शेख ८ रनमा आउट भएका थिए ।

नेपालले दोस्रो खेल भोलि शनिबार यूएईसँग खेल्नेछ । वैशाख २ गते घरेलु टोली मलेसियासँग खेल्ने नेपालले वैशाख ३ गते ओमान र अन्तिम खेल कुवेतसँग खेल्नेछ । एशिया छनोटमा ६ राष्ट्र सहभागि छन् । शीर्ष स्थानमा रहने टोली २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि छनोट हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us