सिंगापुरलाई नेपालले दियाे २ सय ८३ रनको लक्ष्य

काठमाण्डु टुडे २०७५ चैत २९ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २९ चैत –आइसीसी यू–१९ विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको छ ।

सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए । १ सय ५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

रासिद खानले ४८ रन, ओपनर पवन सर्राफले ४७ रन, सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसबाहेक नेपालका लागि कमलसिंह ऐरीले ३१, भीम सार्कीले २६ र कुशल मल्लले १० रन, रित गौतम १, आसिफ शेख ८ रनमा आउट भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us