विश्वकप क्रिकेटः कप्तान रोहितले हाने अर्धसतक

काठमाण्डु टुडे २०७५ चैत २९ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, २९ चैत – आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पारी कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् ।

सिंगापुरविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहितको अर्धशतकको मद्दतमा ३० ओभरमा ६ विकेट गुमाएर १ सय ८१ रन बनाएको छ । पहिलो विकेट तीन रन हुँदा रित गौतमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुँदा आशिफ शेखलाई गुमाएको थियो ।

सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । १०८ रन हुँदा तेस्रो विकेटको रुपमा पवन सर्राफ ब्यक्तिगत ४७ रन बनाएर आउट भए ।

भीम सार्की २६ रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित र राशिद खान रहेका छन् । रोहित ७२ रनमा अविजित छन् ।

२०२० मा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि जारी एसिया छनोटबाट शीर्ष एक टोली छनोट हुनेछ । छनोटमा नेपालसहित आयोजक मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान खेलिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us