दिल्लीले आज बैंगलोरसँग खेल्दै, सन्दीपले खेल्न सक्ने

काठमाण्डु टुडे २०७५ चैत २४ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, २४ चैत्र – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ ।

बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । यता लगातार हार ब्यहारेको बैंगलोर भने आजको खेलमा जित निकाल्दै आफ्नो खाता खोल्ने लक्ष्यमा हुनेछ ।

पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ विकेट लिएका छन् । त्यसैले दिल्लीले बैंगलोरविरुद्धको खेलमा सन्दीपलाई खेलाउने सम्भावना धेरै छ । दिल्लीको सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us