एसिया छनोट खेल्न यू–१९ मलेसिया प्रस्थान

काठमाण्डु टुडे २०७५ चैत २३ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २३ चैत्र – आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिता खेल्न नेपाली टिम आज (शनिबार) मलेसिया प्रस्थान गरेको छ ।

मलेसियामा बुधबारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले विदाई गरे ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् ।

प्रतियोगिताका लागि नेपाली टिमले भारतको अन्ध्रप्रदेशमा गएर प्रशिक्षण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us