काठमाण्डु, २० चैत – एएफसी कप फुटबल अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले बंगलादेशको ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगीताको पहिलो खेल, मनाङले ललितपुरको सातदोबाटोस्थित घरेलु मैदान एन्फा कम्प्लेक्समा खेल्न लागेको हो । २ टोलीबीचको प्रतिस्पर्धा अपरान्ह ३ बजेपछि सुरु हुनेछ । दुबै टोली पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा मैदान उत्रनेछन् ।
बंगलादेशको राष्ट्रिय टोलीका ७ खेलाडी सहित काठमाण्डु आएको अबहानी घरेलु मैदानमै मनाङविरुद्ध अंक जोड्ने योजनामा छ । मनाङपनि पाहुना टोलीमाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा रहेको छ ।
होम एण्ड अबेका आधारमा चल्ने प्रतियोगिताको विजेताले ईन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । मनाङले अवे खेलमा आगामी जुन १९ मा ढाकामा अबहानीसँग दोस्रो लेग खेल्नेछ ।