एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । इण्डियन प्रिमिएर लिग आयोजकले रोहितलाई सुस्त बलिङ गरेको आरोपमा कारबाही गरेको हो ।
उनले १२ लाख भारु जरिवाना तिनुपर्नेछ । शनिबार किङ्स–११ पन्जाबबिरुद्ध खेलमा उनले सुस्त गतिमा बलिङ सकाएका थिए । आईसीसीको नियम अनुसार कुनै पनि टिमले २० ओभरको खेलमा बलिङ ७५ मिनेटभित्र सक्नुपर्छ ।
तर मुम्बईले पन्जाबसँगको खेलमा ७५ मिनेट भन्दा बढी समय लगाएपछि कप्तान शर्मालाई कारवाही गरीएको आइपीएल आयोजकले बताएको छ ।