आठौं राष्ट्रिय खेलकुद वैशाखमा हुने

काठमाण्डु टुडे २०७५ चैत १५ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १५ चैत – प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।

पटक–पटक मिति सरिसकेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बारे अन्यौलता छाएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । शुक्रबार बसेको बोर्ड बैठकले अब नसर्ने गरी मिति तोकेको हो ।

प्रतियोगिताको उद्घाटन हुने भनिएको नेपालगञ्ज रंगशलाको निर्माण कार्य नसकेपछि अन्यौलता छाएको थियो । अहिले रंगशालाको भीआईपी प्याराफिट जडानको कार्य धमाधम भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us