सुनको भाउ ६ सयले घट्यो

काठमाण्डु टुडे २०७५ चैत १५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १५ चैत – सुनको भाउ शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुनको भाउ शुक्रबार तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको हो ।

बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो ।

यस्तै चाँदी पनि शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी शुक्रबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us