काठमाण्डु,११ चैत्र – हिमालय एयरलाइन्सले यही चैत १७ गतेदेखि आबुधाबी उडान भर्ने भएको छ । आबुधाबी काठमाण्ड–आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने सो कम्पनीले जनाएको छ ।
हरेक सोमबार बुधबार र शुक्रबार उडानका लागि समय तोकिएको छ । बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाण्डुमा विहान ८ बजे ल्याण्ड गर्नेछ ।
साँझ ८ बजेर ४५ काठमाण्डुबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा जहाज आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबइ, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।