सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७५ चैत १० गते १२:०८ मा प्रकाशित

काठमाण्डु, १० चैत्र – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us