एजेन्सी । १२ औं संस्करणको पहिलो खेलमा भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भयो ।
सो खेलमा बैङ्लोरले बिर्सन लायक प्रदर्शन गर्यो । टिमका लागि अम्बाती रायडू बाहेक कसैले दोहोर अंकको रन जोडन सकेनन् र टिम ७० रनमा अलआउट भयो ।
कप्तान विराटले पनि ६ रन मात्र जोड्न सके । लिगमा यस्तो सुरूवात भएकोमा विराट निराश बनेका छैनन् । उनले यसमा खुशी व्यक्त गरेका छन् ।
‘कुनै पनि टोली यस्तो सुरूवात चाहँदैन तर खेल्मा यस्तो हुनु पनि खूशीको कुरा हो’, विराटले भने, ‘म खेलाडीको रवैयाबाट खुशी छु । मलाई थाहा छ हाम्रो ब्याटिङ गतिलो भएन तर हामी फर्किनेछौं ।’
उनले विकेट ब्याटिङको अनुकुल देखिए पनि रन बटुल्न संघर्ष गर्नुपरेको बताए । त्यस्तै कोहलीले आफ्ना बलर नवदीप सैनीको प्रशंसा गरेका छन् ।
‘उनले १५० किमीको रफतारमा बलिङ् गर्दै आएका छन्, त्यो राम्रो हो । उनी घातक बलर बन्ने बाटोमा अग्रसर देखिएका छन् । हामीले उनीमाथि निगरानी राखिरहेका छौं’, उनले थपे ।
सैनीले ४ ओभरमा २४ रन दिएका थिए तर विकेटमा कुनै सफलता हासिल गरेनन् ।