यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७५ चैत १० गते ११:०८ मा प्रकाशित

काठमाण्डु, १० चैत्र –आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।rss

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us