काठमाण्डु, ८ चैत – नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले संयुक्त रुपमा भारतकी इन्दुमतिसँग पाँचौ साफ महिला च्याम्पियनसिपमा सर्बाधिक गोलकर्ताको अवार्ड हात पारेकी छिन् । फाइनल खेलेका दुबै खेलाडीले समान ४–४ गोल गरेका थिए ।
फाइनल खेलको मोस्ट भ्यालुएवल खेलाडीको अवार्ड भारतकी डालिमा छिब्बरले पाइन् । फाइनल खेलमा फ्रिकिक मार्फत उनले भारतका लागि सुरुवाती गोल गरेकी थिइन् ।
फेयर प्ले टिमको अवार्ड बंगलादेश फुटबल टोलीले पायो । विराटनगरको शहीद रंगशालामा केहीबेर अघि सकिएको फाइनलमा भारतले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।