काठमाण्डु, ८ चैत – साफ महिला च्याम्पियनसीपको उपाधि भिडन्तमा भारत र नेपालबीच बराबरीमा खेल भइरहेको छ ।
भारतले २६ औं मिनेटमा १ गोल हानेको थियो तर, त्यसको केही मिनेटमा नेपाललले जवाफी गोल फर्काएको छ । भारतले २६ औं मिनेटमा अग्रता लिएको थियो ।
डी बक्सबाहिर पाएको फ्रीकिकमा भारतका लागि डालिमा छिब्बरले गोल गरेकी थिइन् । त्यस्तै नेपालका लागि सावित्रा भण्डारीले ३३ मिनेटमा हेडर गोल गर्दै खेलमा बराबरी गराएकी हुन् । अहिले भारत र नेपाल १–१को बराबरीमा खेल्दैछन् ।
खेलको १६ औं मिनेटमा भारतकी इन्दुमतीले प्रहार गरेको बल नेपालकी गोलकिपर एञ्जिला सुब्बाले बचाएकी थिइन् । त्यस्तै, खेलको १९औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो ।