विराटनगर, ८ चैत –प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।
साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो ।
यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ । नेपाल र भारतका प्रशिक्षक आफ्नो टिमले यो उपधाी चुम्ने दाबी गर्छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ ।
फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसकेका छन् । प्रतियोगिता विराटनगरको शहीद रङ्गशालामा भइहेको छ ।