ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम बन्द

काठमाण्डु टुडे २०७५ चैत ७ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, ७ चैत्र – ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ ।

बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द हुने बैंकले जनाएको छ ।

कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द हुने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us