समर्थकलाई दिल्लीमा सन्दीपले गरे नेपालीमा सम्बोधन

काठमाण्डु टुडे २०७५ चैत ७ गते ११:४० मा प्रकाशित

काठमाण्डु, ७ फागुन – इन्डीयन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि नयाँ दिल्ली पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले खेलप्रेमी नेपालीलाई धन्यवाद दिएका छन् ।

संसारका जुनसुकै ठाउँमा पुगेपनि दर्शकको साथ पाएको र आगामी दिनमा पनि साथ, सहयोग र माया पाउने अपेक्षा उनले गरेका छन् । दिल्ली क्यापिटलको वेभ साइट मार्फत नेपालीमै उनले आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् ।

संसारका जुनसुकै ठाउँमा जाँदा पनि नेपालको नाम बोकेर हिँडेको भन्दै उनले नेपाली क्रिकेटलाई सधैँ साथ, सहयोग र माया आवश्यक रहेकोमा उनले जोड दिएका छन् । दिल्ली क्यापिटलमा आबद्ध सन्दीपले आफ्नो टिमलाई समर्थन गरिदिन सन्दीपले आग्रह गरे । बुधबार दिल्ली पुगेका सन्दीपले आइपिएलको तयारी थालेका छन् ।

शनिवारदेखि आइपिएलको सन् २०१९ सिजन सुरु हुँदैंछ । सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइतबार लिगको पहिलो खेल मुम्बईमा मुम्बई इन्डीयन्ससँग खेल्नेछ । अघिल्लो वर्ष आइपिएलमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो । आइपिएलको सहभागितापछि उनी बिग बास लिग, बङ्गलादेश प्रिमियर लिग, क्यारेवियन लिग, पाकिस्तान सुपर लिग लगायतका व्यावसायिक प्रतियोगितामा सहभागी भएका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us